जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : महासचिव पोखरेल « Khabarhub

जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : महासचिव पोखरेल


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा वागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसङ्गठन इञ्चार्ज तथा प्रमुखको बैठकलाई आज सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सकेमात्र पार्टी बन्ने बताए ।

महासचिव पोखरेलले पार्टी र सङ्गठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताए । उनले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताए । “हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र जनसङ्गठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले सङ्गठन निर्माण भएकै छैन, हाम्रा जनसङ्गठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्”, उनले भने ।

महासचिव पोखरेलले पार्टी र सङ्गठन निर्माणका बारेमा गम्भीर भएर सोच्नेबेला आएको बताए । “पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनुपर्छ”, उनले भने ।

पार्टीका बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले मिसन–२०८४ लाई लक्षित गरेर जनसङ्गठन पार्टी विस्तारमा लाग्नुपर्ने बताए । पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेशमा सङ्गठन विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : ०० बजे

डलरको मूल्य १५३ नाघ्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख ३० गते बुधबार। जेठ

आज २०८३ साल वैशाख ३० गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३० गते बुधबार। जेठ

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा