रेडक्रस प्रमुख भन्छिन् - गाजाको अवस्था नरक भन्दा खराब रहेछ | Khabarhub Khabarhub

रेडक्रस प्रमुख भन्छिन् – गाजाको अवस्था नरक भन्दा खराब रहेछ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

गाजा – रेडक्रसकी प्रमुख मिरजाना स्पोजारीले अहिलेको गाजाको अवस्था पृथ्वीको नरक भन्दा पनि खराब रहेको प्रतिक्रिया दिएकी छिन्।

बिबिसीसँगको अन्तरवार्तामा उनले गाजाको अवस्था कसैले पनि हेरि रहन पनि नसक्ने बताएकी छिन्।

अप्रिल महिनामा नै गाजाको अवस्था नरक बराबर भएको प्रतिक्रिया दिएकी थिइन्। अहिले उनले त्यस भन्दा खराब अवस्था रहेको बताइन्। उनले त्यस अवस्थालाई हेरेर कोही पनि मानिस चुप लागेर बस्न नसक्ने बताएकी छिन्।

उनले गाजामा इजरायली आक्रमण गर्न बन्दी बनाइएका छाड्नका लागि कुनै विकल्प नै नभएको बताएकी छिन्। मानवीय सहयोगमा डेढ शताब्दी भन्दा समय व्यतीत गरेको संस्थाकी प्रमुखले उठाएको विषयलाई अहिले गम्भीरतापूर्वक लिइएको छ।

उनले लगातार भएको हत्याको बारे जेनेभा सन्धिमा उल्लेख भएको विषय बारम्बार उल्लङ्घन हुनुलाई आश्चर्यको रूपमा लिइएको बताएका छन्। उनले हरेक देशको आफ्नो स्वतन्त्रताको रक्षा गर्ने अधिकार समेत रहेको बताइन्। उनलाई हरेक आमाको पनि बच्चा फिर्ता भएको हेर्ने अधिकार रहेको बताइन्। ‘बालबालिकालाई समेत खाना, स्वास्थ्य र सुरक्षाबाट वञ्चित गर्ने अधिकार कसैको छैन, उनले भनिन्।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : १० बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी