निर्माण पूरा भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याइने  « Khabarhub

निर्माण पूरा भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याइने 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउन महिनाबाटै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका अस्पतालको संख्या ५७ रहेको छ ।

आगामी आर्थिक वर्षमा समेत यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरू सञ्चालनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ ।

मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्ट्स लगायतका अत्यावश्यक संशाधन व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।

कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ ।

मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले आधारभूत अस्पताल सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ११ : ३७ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको