पाकिस्तानी सेनाविरुद्ध बोलेपछि देश छोडेर अमेरिका पुगिन् इस्माइल « Khabarhub

पाकिस्तानी सेनाविरुद्ध बोलेपछि देश छोडेर अमेरिका पुगिन् इस्माइल


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाविरुद्ध बोलेपछि महिनौँदेखि लुकेर बस्दै आएकी एक पाकिस्तानी मानव अधिकारकर्मी देश छोडेर अमेरिका पुगेकी छिन् ।

देशव्यापी आफ्नो खोजी र आफूविरुद्धको यात्रा प्रतिबन्धलाई छल्दै अधिकारकर्मी गुललाई इस्माइल अमेरिका पुगेकी हुन् ।

उनीमाथि “राज्यविरुद्धका गतिविधिमा संलग्न भएको” र “हिंसा फैलाएको” पाकिस्तानी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् । समाचार संस्था एएफपीसँग कुरा गर्दै इस्माइलले आफ्नो ज्यानलाई खतरा भएकोले देश छोडेर भाग्न बाध्य भएको बताएकी छन् ।

उनीविरुद्ध पाकिस्तानी अदालतमा छवटा मुद्दा दायर भएको थियो र यसकारण आफ्नो जीवन गम्भीर खतरामा रहेको उनले निष्कर्ष निकालेको बताएकी छिन् ।

एउटा वक्तव्यमा अधिकारकर्मी इस्माइलले भनेकी छन्, “पछिल्ला केही महिना एकदम डरलाग्दो रहे। मलाई धम्की दिइयो, दुर्व्यवहार गरियो। म भाग्यमानी छु कि अहिलेसम्म जीवित छु।”

आफ्नो यात्रामाथि प्रतिबन्ध लगाइएकोले उनले देश कसरी छोडिन् भन्नेबारे उल्लेख गरेकी छैनन् । यद्यपि न्यूयोर्क टाइम्स पत्रिकासँग कुरा गर्दै उनले भनिन्, “म कुनै विमानस्थलबाट चाहिँ उडिनँ।”

अमेरिकामा राजनीतिक शरणका लागि निवेदन दिएकी इस्माइल न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छन् । खासगरी महिला तथा बालिकाविरुद्धका मानव अधिकार उल्लङ्घनका घटनाबारे इस्माइलले कैयौँ वर्षदेखि आवाज उठाउँदै आएकी छन्।

यद्यपि अफगानिस्तानसँगको सिमानामा पाकिस्तानी सेनाको कारबाहीका क्रममा महिलामाथि दुर्व्यवहार गरिएको भन्दै आवाज उठाउन थालेपछि उनी अधिकारीहरूको नजरमा पर्न गइन् ।

सन् २०१८ को अक्टोबर महिनामा लण्डनबाट फर्कने क्रममा इस्लामाबाद विमानस्थलबाट इस्माइललाई पहिलो पटक पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

सोह्र वर्षको उमेरदेखि नै गुललाई इस्माइलले मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी छन्।

उनी उत्तर-पश्चिमी पाकिस्तानको ख्यबर पख्तुन्ख्वा प्रान्तकी हुन्। त्यहाँ उनले बालिकाहरूका लागि काम गर्ने उद्देश्यका साथ अवाएर गर्ल्स नामक एउटा गैरसरकारी संस्था स्थापना गरिन् ।

घरेलु हिंसा र कम उमेरमा हुने विवाहविरुद्ध लगायतका विषयमा काम गर्न सन् २०१३ मा उनले सयजना महिला भएको एउटा समूह बनाइन्।

आफूले गरेका कामका लागि उनले कैयौँ पुरस्कार पाएकी छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ४३ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही