माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे « Khabarhub

माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेपलाञ्चोकस्थित पतञ्जलिको जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमै अख्तियारले मुद्दा अघि बढाएको स्पष्ट संकेत गरेका
छन्।

‘उहाँ (ओली) सुरुदेखि नै मेरो विरुद्धमा लाग्नुभयो। मलाई राजनीतिक रूपमा समाप्त पार्ने नियत उहाँको रहँदै आएको हो,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँ बदलाको भावनाले चल्ने मान्छे हो । पहिले पनि यस्ता किसिमका प्रयास उहाँबाट भइसकेका छन्।’

उनकै पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार सार्वजनिक रूपमा उक्त मुद्दा ओलीकै निर्देशनमा दर्ता गरिएको आरोप लगाएका छन् ।

नेपालले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । ‘मैले कुनै पनि खराब नियतमार्फत् लाभ लिने, भ्रष्टाचार गर्ने वा त्यसका लागि आदेश दिने काम कहिल्यै गरेको छैन। म आफैं त्यस्ता कुराको विरुद्धमा छु’, उनले काठमाडौं फर्किनुअघि रौतहटमा भने ।

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै संविधान र भ्रष्टाचार निवारण ऐनअनुसार नेपालको सांसद पद स्वतः निलम्बनमा पर्नेछ। ‘अबको यात्रा कस्तो हुन्छ भन्ने प्रश्न स्वाभाविक हो। तर म त्यसको निम्ति जे प्रक्रिया हुन्छ, त्यसको सामना गर्छु’, नेपालले भने ।

नेपाल समाजवादीका अध्यक्षसँगै प्रतिनिधिसभामा संसदीय दलका नेता पनि हुन् । सांसद पद गुमाएपछि पार्टीभित्रको नेतृत्व, आगामी रणनीति र उनीमाथि राजनीतिक तथा कानुनी चुनौती बढ्न सक्नेछ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : २३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।