माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे « Khabarhub

माधव नेपालको प्रतिक्रिया- केपी ओली सुरुदेखि नै मविरूद्ध थिए, अहिले मलाई सक्न लागे


२२ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेपलाञ्चोकस्थित पतञ्जलिको जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमै अख्तियारले मुद्दा अघि बढाएको स्पष्ट संकेत गरेका
छन्।

‘उहाँ (ओली) सुरुदेखि नै मेरो विरुद्धमा लाग्नुभयो। मलाई राजनीतिक रूपमा समाप्त पार्ने नियत उहाँको रहँदै आएको हो,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँ बदलाको भावनाले चल्ने मान्छे हो । पहिले पनि यस्ता किसिमका प्रयास उहाँबाट भइसकेका छन्।’

उनकै पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार सार्वजनिक रूपमा उक्त मुद्दा ओलीकै निर्देशनमा दर्ता गरिएको आरोप लगाएका छन् ।

नेपालले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । ‘मैले कुनै पनि खराब नियतमार्फत् लाभ लिने, भ्रष्टाचार गर्ने वा त्यसका लागि आदेश दिने काम कहिल्यै गरेको छैन। म आफैं त्यस्ता कुराको विरुद्धमा छु’, उनले काठमाडौं फर्किनुअघि रौतहटमा भने ।

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै संविधान र भ्रष्टाचार निवारण ऐनअनुसार नेपालको सांसद पद स्वतः निलम्बनमा पर्नेछ। ‘अबको यात्रा कस्तो हुन्छ भन्ने प्रश्न स्वाभाविक हो। तर म त्यसको निम्ति जे प्रक्रिया हुन्छ, त्यसको सामना गर्छु’, नेपालले भने ।

नेपाल समाजवादीका अध्यक्षसँगै प्रतिनिधिसभामा संसदीय दलका नेता पनि हुन् । सांसद पद गुमाएपछि पार्टीभित्रको नेतृत्व, आगामी रणनीति र उनीमाथि राजनीतिक तथा कानुनी चुनौती बढ्न सक्नेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ७ : २३ बजे

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट