माधव नेपालले भने- मैले भ्रष्टाचार गरेको छैन, नबिराउनू, नडराउनू « Khabarhub

माधव नेपालले भने- मैले भ्रष्टाचार गरेको छैन, नबिराउनू, नडराउनू


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पर्दैमा आफूलाई डर नलागेको बताएका छन् ।

रौतहटबाट काठमाडौं आएलगत्तै बिहीबार साँझ पार्टीका नेता र वकिलहरूसँग परामर्श गरिसकेपछि सञ्चाकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि खरिद जग्गा बिक्री प्रकरणमा १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको पृष्ठभूमिमा गल्ती नगरेकाले डर नलागेको नेपालले बताए ।

‘एउटा मान्याता छ, मेरो ‘नबिराउनू नडराउनू’, नेपालले भने, ‘यो मुद्दा राजनीतिक प्रतिशोधका लागि यो आएको हो ।’

अध्यक्ष नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको पनि बताए । ‘मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु म’, उनले भने, ‘राजनीतिक प्रतिशोध गर्न, बदला लिन गरिएको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँ लड्छु ।’

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ५८ बजे

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा