समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन | Khabarhub Khabarhub

समयमा आयोजना सम्पन्न गर्न उद्योगमन्त्री भण्डारीको निर्देशन


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई तोकिएको समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । 

बैतडीको पाटनमा जिल्लाका विभिन्न कार्यालय प्रमुखसँगको छलफलमा उनले राज्यबाट विनियोजित आयोजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै यथाशीघ्र कार्यान्वयनमा जोड दिन आग्रह गरे ।

आर्थिक वर्षको अन्त्यमा मात्र काम गर्ने प्रवृत्ति दोहोर्‍याउने काम भइरहेको भन्दै मन्त्री भण्डारीले आयोजना कार्यान्वयन र सम्पन्न निर्धारित समयभित्र गर्नुपर्नेमा जोड दिए । चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको समष्टिगत खर्च ५० प्रतिशतमात्र रहेको जनाउँदै उनले कार्यान्वयन पक्ष फितलो भएको बताए ।

‘आर्थिक वर्षको पहिलो महिना साउनमा बजेट सम्बन्धित निकाय र कार्यालयमा आइपुग्छ, कार्यान्वयन गर्न आठ–नौ किन लाग्छ?, आर्थिक वर्षको सुरुआतमा बजेट कार्यान्वयन गर्न के कुराले छेक्छ ?’, मन्त्री भण्डारीले कार्यालय प्रमुखसँग प्रश्न गरे । जिल्लाका कार्यालयहरूले जनता केन्द्रित सेवा प्रवाह गर्दै सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए ।

विकासे कार्यालयहरूमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षाअनुसार काम हुन नसकेको मन्त्री भण्डारीले औँल्याए । कतिपय विकासे कार्यालयमा विगतको दायित्व परिपूर्ति गर्ने कामले समस्या निम्ताएको उनले बताए । पुरानो भुक्तानी दिने विषयमा गुणस्तर र मापदण्ड अपनाएर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

यहाँका विकासे कार्यालयमा पुरानो भुक्तानी दिनुपर्नेको सूची तयार पार्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । मनसुनजन्य विपद्का घटना नियन्त्रणका लागि प्रभावकारी पूर्वतयारीमा जुट्न उहाँले सरोकार भएका सबैलाई आग्रह गरे ।

विगतका वर्षहरूभन्दा यस वर्ष बढी वर्षा हुने प्रक्षेपण गरिएकाले विपद्का घटना पनि बढ्न सक्ने हुँदा सम्भावित जोखिम नियन्त्रणका लागि तयारीमा लाग्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी भइरहेको मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । 
 

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ७ : १८ बजे

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका