शेयर बजारमा एनआरएन भित्र्याइने : विज्ञहरू भन्छन् ‘यो राम्रो काम हो’
सरकारले आगामी आर्थिक वर्ष ०८२-८३ को लागि ल्याएको बजेटले दोस्रो शेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई कारोबार गर्न अनुमति दिने व्यवस्था गरेको छ । सरकारले बजेटमा गरेको व्यवस्था कार्यान्वयन भएमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मा एनआरएनले कारोबार गर्न सक्छन् ।
नेपाल जस्ता विश्वका अधिकांश विकासोन्मुख देशहरूले पनि पुँजीबजारमा सोझै विदेशी लगानीलाई खुला गरिरहेका छैनन् । सानो आकारको अर्थतन्त्र भएको र रेमिट्यान्स बाहेक दिगो एवम् विदेशी मुद्रा आम्दानीको स्रोत कम भएको नेपालको पुँजी बजारमा विदेशी लगानी भित्र्याएर विदेशी मुद्रामा नाफा लैजान दिँदा अर्थतन्त्रमा कस्तो असर पार्न सक्ला ?
एनआरएनको शेयर बजारमा लगानीसम्बन्धी के छ बजेटमा ?
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी सहजीकरण गरिने उल्लेख छ । साथै, ‘बजेटमा ‘गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ’, भनिएको छ ।
हाइड्रोपावरमा ‘टेक एण्ड पे’ नीति, पावरहाउस बन्द गरेर आन्दोलन गर्ने ऊर्जा व्यवसायीको तयारी
भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल
चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन
कर्णालीको नीति तथा कार्यक्रममा आकर्षक नारा : बसोबास गाउँमा, भविष्य आफ्नै ठाउँमा
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ ।

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
‘सामाजिक, आर्थिक, भौतिक र मानवीय विकाससहितको समाजवादउन्मुख प्रणाली : सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली’ नारा राखिएको छ ।
प्रदेश सरकारले रोजगारी सिर्जना र गरिबी निवारण गरी समृद्ध कर्णाली र सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्ने नीति लिएको छ ।
दुई दर्जनभन्दा बढी नाराले भरिएको मधेस सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
फास्टट्रयाकमा सहमति कार्यान्वयन खोजेका यातायात टाेलीलाई मन्त्रीको जवाफ– एक महिनाभित्र काम हुन्छ
बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेन : नारायणकाजी श्रेष्ठ
क्रसर उद्योगको सामान धान–चामल किने जसरी पाइयोस् : अध्यक्ष सिंह
गण्डकीको नीति तथा कार्यक्रम पुरानै, नारा भने नयाँ
पुरानै कार्यक्रमका साथ केही नयाँ नारा थपेर गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शासन सञ्चालनको क्रममा प्राप्त अनुभव, प्रदेशको आन्तरिक आय एवम् वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई मध्यनजर गरी प्रदेश सरकारका संरचनालाई चुस्त बनाउन गठित प्रशासनिक पुनर्संरचना तथा दरबन्दी पुनरावलोकन समितिको सुझावका आधारमा प्रदेश सरकारको सङ्गठन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताए ।
हिजो मात्रै संघ सरकारको निर्देशन अनुसार राइड सेयरिङ नियमावली स्थगन गरेको गण्डकी सरकारले नीति तथा कार्यक्रममा राइड सेयरिङलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । विज्ञान तथा प्रविधि प्रतिष्ठान खारेज गरेको सरकारले त्यसको काम अब गण्डकी विश्वविद्यालयलाई दिने भएको छ ।
१० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य
धुलिखेल–खावा सडक : पुनः ठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
काठमाडौं महानगरको सीप मेलामा युवाको आकर्षण (तस्बिरहरू)
काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाको आकर्षण बढेको छ । करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरूको समेत सहभागिता रहेको छ ।

महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा संख्यालाई दक्ष बनाउने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ दोस्रो संस्करणको मेला आयोजना गरेको बताएको छ ।
एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
१२ विदेशी ‘साहु’लाई १५ अर्ब ५७ करोड ब्याज तिर्दै सरकार
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा द्विपक्षीय र बहुपक्षीय गरी १३ विदेशी ऋणदातालाई १५ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ ब्याज तिर्ने भएको छ ।

आठ बहुपक्षीय र चार द्विपक्षीय ऋण दातालाई सरकारले वैदेशिक ऋणको ब्याज भुक्तानीबापत क्रमशः ११ अर्ब ७१ करोड १५ लाख र तीन अर्ब ८६ करोड ३० लाख रुपैयाँ ऋण तिर्न लागेको हो ।

आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले तयार पारेको ‘एकीकृत खर्च तथा वित्तीय बजेट अनुमान’ विवरणमा उल्लेख भएअनुसार; वैदेशिक ऋणभारको ब्याज तिर्दा सङ्घीय सञ्चित कोषमाथि व्ययभार पर्नेछ ।
वैदेशिक ऋणको ब्याज साढे १५ अर्ब रुपैयाँभन्दा बढी तिर्न लागेको सरकारले आन्तरिक ऋणको ब्याजबापत भने झण्डै ६ गुणा बढी अर्थात् ९२ अर्ब ९६ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्ने भएको छ ।
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै
माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की
विदेशमा लगानी गर्न किन उत्साहित छन् व्यवसायी ?
सरकारले बजेटमार्फत् नेपालीले विदेशमा लगानी गर्न पाउने सम्बन्धी ल्याएको व्यवस्थाप्रति निजी क्षेत्रका प्रतिनिधिले निकै खुसीका साथ प्रतिक्रिया व्यक्त गरेका छन् ।

उनीहरूले बजेटमा प्रतिक्रिया दिँदै सरकारले गरेको यो निर्णयलाई एतिहासिक भन्दै प्रशंसा समेत गरे ।
बजेटमा निजी क्षेत्रसँग सम्बन्धित धेरै विषय समेटिएका छन् । तर, निजी क्षेत्र भने बजेट वक्तव्यमा उल्लेखित विदेशमा लगानी गर्न दिने व्यवस्थाप्रति आकर्षित भएका हुन् ।
विशेषगरी व्यवसायिक छाता संगठनका केही नेतृत्वले सोही व्यवस्थाका कारण बजेटको निकै प्रशंसा गरेको अनुमान हुँदैछ ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्तामा किरण पण्डित
नेपाल राष्ट्र बैङ्कले कार्यकारी निर्देशक किरण पण्डितलाई प्रवक्ता तोकेको छ ।

अधिकृत विशिष्ठ श्रेणीका कार्यकारी निर्देशक पण्डितलाई जेठ २१ गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको केन्द्रीय बैङ्कले जानकारी दिएको हो ।
वि.सं. २०६२ सालमा बैंक सेवा प्रवेश गरेका पण्डित हाल भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।
यसअघि उनी केन्द्रीय बैङ्ककै सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यानुभवी हुन् ।
उर्जा व्यवसायीले विद्युत उत्पादन बन्द गर्नुपर्ने दिन आउन सक्छ : इप्पान अध्यक्ष कार्की
पर्यटकको आकर्षण केन्द्र ‘ढोरपाटन जलजला’
नबिल बैङ्क : ढड्डादेखि कम्प्युटर क्रान्तिसम्म !
नेपालको बैङ्किङ क्षेत्रमा कुनै समय ढड्डै पल्टाएर काम गर्ने, शाखामै पुगेमात्र कारोबार गर्न मिल्ने र हस्ताक्षर मिलाउनै दिनभर लाग्ने अवस्था थियो ।

बैङ्किङ क्षेत्रमा सरकारी बैङ्कहरूकै एकाधिकारजस्तो अवस्था थियो । नेपाल बैङ्क लिमिटेड, नेपाल वाणिज्य बैङ्क र कृषि विकास बैङ्कजस्ता केही सरकारी बैङ्कहरूले मात्र बैङ्किङ सेवा दिने गरेका थिए । बैङ्किङ प्रणाली पूरै हस्तलिखित प्रणालीमा आधारित थियो ।
त्यसैबीच सन् १९८४ मा निजी क्षेत्र र विदेशी लगानीमा ‘नेपाल अरब बैङ्क’ अर्थात् हालको नबिल बैङ्क स्थापना भयो । नबिल बैङ्कले पनि सेवा सुरुवात उही ढड्डाबाटै थालेको थियो ।
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
कर्णालीको टिमुर युरोपसम्म निर्यात
प्रधानमन्त्री ओलीले गरे एकैपटक मधेसका ६४ सडक योजनाको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकै पटक ६४ आयोजनाको शिलान्यास गरेका हुन् ।
यसरी ६४ वटा महत्त्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ ।
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछ : प्रधानमन्त्री ओली
मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली
पाकिस्तानको व्यापार घाटा घट्यो, निर्यातमा उल्लेखनीय वृद्धि
पाकिस्तानले चालु आर्थिक वर्षको मे महिनामा आफ्नो व्यापार घाटामा उल्लेखनीय सुधार गरेको छ । पाकिस्तान तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, देशको व्यापार घाटा मे महिनामा दुई अर्ब ६१ करोड ९० लाख अमेरिकी डलरमा सीमित भएको छ, जुन अघिल्लो अप्रिल महिनामा तीन अर्ब ४२ करोड २० लाख डलर थियो । यो २३ दशमलव पाँच प्रतिशतले घटेको हो ।

यो सुधारको मुख्य कारण देशको निर्यातमा भएको १७ दशमलव ४ प्रतिशतको वृद्धि र आयातमा आएको ७ दशमलव ६ प्रतिशतको गिरावट हो ।
वैशाख महिनामा दुई अर्ब १७ करोड ४० लाख डलर बराबरको वस्तु निर्यात भएको थियो भने मे महिनामा यो मात्रा बढेर दुई अर्ब ५५ करोड ३० लाख डलर पुगेको छ ।
उता, आयात भने घटेर पाँच अर्ब १७ करोड २० लाख डलरमा झरेको छ, जुन वैशाख महिनामा पाँच अर्ब ५९ करोड ६० लाख डलर थियो ।
प्रतिक्रिया