दशैंको बजार– काठमाडौंबासीले चाहेजति मासु खान नपाउने ! | Khabarhub Khabarhub

दशैंको बजार– काठमाडौंबासीले चाहेजति मासु खान नपाउने !



काठमाडौं– सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भारतबाट खसीबोका आयत गर्न कडाइ गरे पछि त्यसको असर दशैंमा पर्ने देखिएको छ ।

नियमितभन्दा धेरै मासुको खपत हुने दशैंको समयमा स्वदेशी उत्पादनले मात्रै माग धान्न नसकिने व्यवसायीहरुको भनाइ छ ।

हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ सय सम्म खसीबोकाको माग छ । अहिलेको बजार माग धान्न पनि भारतबाट चोरी–पैठारी गरेर खसीबोकाको आपूर्ति भइरहेको व्यवसायीहरु बताउँछन् ।

सरकाले ७ महिना अगाडिदेखि खसीबोका आयतमा कडाइ गरिरहेको छ । तर, व्यापारीहरुले भने दैनिक ८ सयदेखि १ हजारसम्म भारतीय खसीबोकाहरु चोरी–पैठारी गरी काठमाडौं पुर्‍याइरहेका चौपाय खरिद बिक्री संघले जनाएको छ ।

संघका अनुसार यसअघि हरेक वर्ष दशैंको बेला काठमाडौंका लागि मात्रै ४७ हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा गरी ५५ हजार चौपाया भारत तथा चीनबाट आयत हुने गरेको थियो ।

तर, यो वर्ष हालसम्म कहाँबाट कति चौपाया आयत गर्ने भन्ने अन्यौल रहेको चौपाया खरिद विक्री संघका अध्यक्ष सन्तोष खत्रीले खबरहबलाई जानकारी दिए ।

‘अहिलेसम्म कहाँबाट आयत गर्ने भन्ने निश्चित छैन’ उनले भने ‘चाडपर्वमा स्वदेशी चौपयाले धान्न सक्ने अवस्था छैन सरकारले कि त पुरै आयत रोक्नुपयो, कि त खुल्ला गरेर खसीबोकाको आपूर्ति सहज बनाउने व्यवस्था गर्नुपर्‍यो ।’

अघिल्ला वर्षहरुमा असोजको सुरुवातसँगै दशैंका लागि खसीबोका तथा भेडाच्याङ्ग्राको आयत शुरु हुने गरेको खत्री बताउँछन् ।

‘दशैंका लागि २० देखि २२ हजार खसीबोका स्वदेशका विभिन्न स्थानबाट ल्याउने तयारी भएको खत्रीले बताए । उनका अनुसार २२ हजार खसीबोका स्वदेशबाटै ल्याइने भएपनि ३३ हजार खसी बोकाको अभाव हुने भएको छ ।

‘यस वर्षको दशैंमा काठमाडौंबासीले चाहेजति मासु खान नपाउने हुन् कि भन्ने चिन्ता छ,’ खत्री भन्छन्, ‘दशैंमा हरेक वर्षमा मासुको माग बढिरहेको हुन्छ । तर, यो वर्ष त अघिल्लो वर्षको जति पनि आपूर्ति गर्न सकिने अवस्था छैन ।’

यसअघिका वर्षमा काठमाडौंमा आपूर्ति हुने खसीबोका तथा भेडाच्याङ्ग्रामध्ये ८० प्रतिशत भारत तथा चीनबाट आयात गरिन्थे । काठमाडौंमा आवश्यक पर्नेमध्ये २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धान्ने गरेको थियो ।

तर, यस वर्ष भने नियमित बजारको माग धान्न पनि गाह्रो रहेको खत्री बताउँछन् । ‘नेपालका खसीबोकाले नियमित बजारको माग पनि धान्न सकिरहेको छैन,’ खत्री भन्छन्, ‘दशैंको बेला नियमितभन्दा धेरै मासु खपत हुन्छ ।’

अलमलमा व्यापारी

सरकारले विदेशबाट खसीबोका आयातमा कडाइ गरेपछि दशैंमा मासुको मूल्य बढ्ने व्यवसायीहरुको भनाइ छ । त्यसमा पनि भारतबाट चोरी–पैठारी गरी ल्याइने खसीबोकाले कालोबजारी पनि मौलाउने व्यापारीहरु चिन्ता व्यक्त गर्छन् ।

गत वर्ष मासुको मूल्य औषतमा प्रतिकेजी ५ सय ४० रुपैयाँ थियो । हाल नियमित बजारमा औषत ६ सय २५ रुपैयाँ प्रतिकिलो छ । तर, दशैं नजिकिएसँगै व्यापारीहरुले प्रतिकिलो ८ सय ५० देखि १ हजार ५० रुपैयाँसम्म प्रतिकिलोमा मासु बेच्न थालेका छन् ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने दशैंका लागि भनेर २ हजार खसीबोका र १ हजार भेडाच्याङ्ग्रा गरी ३ हजार चौपाया ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ९ : २८ बजे

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक

अमेरिकासँग तनावबीच चीन भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गलवान उपत्यकामा भारत–चीनबीचको सैन्य

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा प्रदर्शन

राजविराज– प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष