रोजगार संयोजकमा ५ सय २१ जना छानिए, अझै कोटा पुगेन « Khabarhub

रोजगार संयोजकमा ५ सय २१ जना छानिए, अझै कोटा पुगेन


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार सञ्चालन गरेको रोजगार संयोजकको परिक्षाफल प्रकाशित गरेको छ । कम्प्युटर प्रणालीबाट सञ्चालन गरेको परीक्षामा २ हजार दुई सय ६२ जना व्यक्ति सहभागी थिए । जसमध्ये ५ सय २१ जना छनोट भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नतिजा सार्वजानिक गर्दै २ सय ३२ जना कोटा अझै रिक्त रहेको जनाएको छ । सरकारले पहिलो पटक कम्प्युटर प्रणालीमार्फत रोजगार संयोजकको परीक्षा लिएको हो । प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि श्रम मन्त्रालयले हरेक स्थानीय तहमा चाहिने रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरेको थियो ।

मन्त्रालयले निष्पक्षरूपमा रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरेको श्रम मन्त्रालयका सहसचिव तथा कार्याक्रम संयोजक प्रकाश दाहालले खबरहबलाई जानकारी दिए । उनले कम्प्युटर प्रणालीबाट परीक्षा लिँदा निस्पक्ष हुनुका साथै कहीँ कतै भनसुन नचलेको समेत जानकारी दिए ।

उनले भने, ‘परीक्षार्थीले परीक्षा दिने वित्तिकै प्रत्येक प्रश्नको उत्तर कम्प्युटरबाटै मिले–नमिलेको तुरुन्तै थाहा पाउन सक्ने व्यवस्था थियो । त्यसो हुँदा अधिकांश परीक्षार्थीले आफ्नो नतिजाका बारेमा परीक्षाफल प्रकाशित गर्नु अगावै अनुमान लगाएका थिए पनि, तर, मन्त्रालय आज सार्वजनिक जानकारीका लागि औपचारिक रुपमै परीक्षाफल प्रकाशित गरेको हो ।’

रोजगार संयोजकका लागि ३० मिनेट समय तोकेर ५० अंकका लागि कम्प्युटर प्रणालीबाट २५ वटा प्रश्न सोधिएको थियो । अनलानबाटै करिब २४ हजारले आवेदन दिएकोमा २ हजार २ सय ६२ जना परीक्षामा सामेल भएका थिए ।

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका/गाँउपालिका) मा खटाइने छ ।

छनोट भएका उम्मेदवारहरूले शीघ्र मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन समेत जानकारी गराइएको छ । विद्युतीय भर्ना प्रणालीबाट छनोट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक पनि मन्त्रालयको वेवसाइटमा राखिएको  छ ।

उत्तीर्ण परीक्षार्थीहरु नतिजा

 

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ६ : ०६ बजे

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार