चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा « Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी थाइल्याण्ड हुँदै नेपाल आएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विदेश विभागको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोङ ताओलाई नेकपाको पार्टी स्कूल विभागका उपप्रमुख घनश्याम भुषाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन् ।

नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधव नेपालको निमन्त्रणामा सोङ नेपाल आएको रिजालले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सि चनि फिङको आशन्न नेपाल भ्रमणको तयारीका साथै उनी नेपाल कम्युनिस्ट पार्टीसँग हुन लागेको अन्तरक्रियामा सहभागी हुन नेपाल आएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन अन्य ४० जना चिनियाँ काठमाडौं आइसकेका छन् ।

काठमाडौंको होटल याक एन्ड यतिमा असोज ६ र ७ गते हुने कार्यक्रममा नेपालबाट दुई सय र चीनबाट ४० जनाको सहभागिता रहने कार्यक्रम रहेको जनाइएको छ ।

विदेश विभाग प्रमुखसोङले नेपालमा रहदाँ राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : ०० बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत