अपरिचित व्यक्तिले गोली चलाउँदा सप्तरीमा १ जना घाइते « Khabarhub

अपरिचित व्यक्तिले गोली चलाउँदा सप्तरीमा १ जना घाइते


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले चलाएको गोली लागेर सप्तरीमा १ जना घाइते भएका छन् ।

स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भइ राजबिराजबाट घरतर्फ जाँदै गरेको अवस्थामा स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि गोली प्रहार भएको थियो ।

भारती नम्बर प्लेटेको मोटरसाइकलमा आएका २ जनाले विष्टमाथि २ राउण्ड गोली प्रहार गरेका थिए ।

१ राउण्ड गोली मिस फायर भएको र १ राृउण्ड गोली लागेर विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोली लागेर घाइते भएका विष्टको सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान ९ एमएमको गोलीको खोका र मिस फाइर भएको अर्को ९ एमएमको गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको भने खोजी भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : ५१ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको