गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राखेका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले समुन्नत र आत्मनिर्भर प्रदेशको लक्ष्यलाई आत्मसात् गरेको बताइन्।

 ‘यो नीति तथा कार्यक्रमले प्रदेश सरकारलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग पुग्नेछ, नीतिगत र संरचनागत सुधारका महत्वपूर्ण विषयलाई यसले समेटेको छ’, उनले भनिन्। 

प्रदेशसभा सदस्य सीताकुमारी सुन्दासले प्रदेशको समग्र विकासको अवधारणालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताइन्। उनले करको दायरा फराकिलो पार्दै राजस्व संकलनलाई वृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गरिन्। 

प्रदेशसभा सदस्य सुशीला सिम्खडाले नीति तथा कार्यक्रममा ठोस र मूर्त विषय आउन नसकेको धारणा राखिन्। प्रदेशसभा सदस्य महेश भट्टराईले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रम आएको बताइन्। उनले आत्मनिर्भर र समुन्नत गण्डकी प्रदेशको आधार तयार हुँदै गएको उल्लेख गरिन्।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले लगानीका क्षेत्र स्पष्ट किटान गर्नुपर्ने बताइन्। महत्वकाङ्क्षी नभई कार्यान्वयनयोग्य कार्यक्रम मात्र बजेटमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले मन्त्रालयहरूले बजेट विनियोजनमा कुशलता देखाउनुपर्ने बताए।

 ‘नीति तथा कार्यक्रममा आएका विषयलाई बजेटले कसरी सम्बोधन गर्छ त्यो महत्वपूर्ण हुन्छ’, उनले भने, ‘यसमा आएका सोच र दृष्टिकोणलाई कार्यान्वयन गर्न स्रोतको सुनिश्चितता हुनु जरूरी छ ।’

आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेललगायतले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : २७ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का