बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन « Khabarhub

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ ।

गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा  बढी क्षति भएको बताइएको छ ।

राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।

शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नम्बर ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का (कुँवर), लगायत छन् । दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताए ।

एक लाख सहयोग
बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले एक लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई एक लाख नगद हस्तान्तरण गर्नुभएको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले बताए ।

आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्‍‍याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुख बोहराले बताए । विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ५३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन