सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग | Khabarhub Khabarhub

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले आइतबार काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए ।

बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।  

उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १२ : ०८ बजे

जिरीको होटल यार्साले प्रभु बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिने

काठमाडौं– प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई

नेशन्स लिगको फाइनलमा आमनेसामने हुँदै ४० रोनाल्डो र १७ वर्षे यामाल

म्युनिख, जर्मनी– युइएफए नेशन्स लिगको रोमाञ्चक फाइनलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो

हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम– फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनै बेला ३० देखि

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा