पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण « Khabarhub

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । 

कृषिमा लागत घटाउन र सहज बनाउन पाँच वटा वडा कार्यालयले सङ्कलन गरेर छनोट र सिफारिस गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । ठेक्का प्रतिस्पर्धामार्फत प्रतिमिनिटेलर २९ हजार ७५० रुपैयाँमा खरिद गरेर वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको जिन्सी शाखाका प्रमुख रमेश शर्माले प्रतिमिनिटेलर कृषकले रु १४ हजार ८७५ मात्र लगानी गरेका र ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको जानकारी दिए  । 

वडा नं २ लुलाङमा ११, वडा नं ३ मुनामा सात, वडा नं ४ मुदीमा ६, वडा नं ६ मराङमा ७ र वडा नं ७ ताकममा २२ वटा मिनिटेलर हलो वितरण गरिएको उनले जानकारी दिए । 

वडा नं १ गुर्जा र वडा नं ५ मल्कवाङका कृषकले भने मिनिटेलर माग गरेका थिएनन् । शनिबार मुनिस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष प्रेमप्रसाद पुनले कृषकहरूलाई मिनिटेलर वितरण गरेका थिए  । खेतबारी खनजोतका लागि हलगोरुको विकल्पमा यान्त्रिक हलो प्रयोग गर्ने चलन बढेको छ । 

गोरु पाल्न झञ्झट हुने, मिनिटेलरबाट छिटो खेतबारी खनजोत गर्न सकिने भएकाले कृषकको यसप्रति आकर्षण बढेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक आश्विन खत्रीले जानकारी दिए । मिनिटेलर खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

गाउँपालिकाको केन्द्र मुनामा मिनिटेलर ट्र्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको १० दिने तालिममा २० जनाको सहभागिता छ । गाउँघरमै ट्र्याक्टर मर्मत गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १ : ३९ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन