नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर  | Khabarhub Khabarhub

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । 

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आइतबार वीर अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको नेतृत्वमा नेपालमा ब्रेन ट्युमर बिरामीबारे पहिलो पटक तथ्यांक सार्वजनिक गरिएको न्यूरो सर्जन विभाग प्रमुख प्राडा राजीव झाले जानकारी दिए ।

उक्त तथ्यांक अनुसार प्रत्येक वर्ष नेपालमा २५ सय देखि २६ सय ब्रेन ट्युमरका नयाँ बिरामी थपिने गरेका छन् । पहिलो पटक नेपाल ब्रेन ट्युमरको केस अध्ययन भएर तथ्यांक सार्वजनिक गर्नु  एक ऐतिहासिक कदम मानिएको छ डा. झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

देशभरका २० भन्दा बढी न्यूरोसर्जिकल केन्द्रबाट १ हजार ७३९ ब्रेन ट्युमरका बिरामीको तथ्यांक संकलन र विश्लेषण गरिएको तथ्यांकका आधारमा हरेक वर्ष २५ नेपालमा २५ सयदेखि २६ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने निष्कर्ष निकालिएको डा. झा ले जानकारी दिए ।

यो तथ्यांक अनुसार २ करोड २० लाख जनसंख्याको अनुपातमा विश्लेषण गर्दा करिब १ लाख जनसंख्या बराबर करिब १२ जना ब्रेन ट्युमरका बिरामी रहेको देखाउँछ । 

तथ्याङ्क विश्लेषण गर्दै प्रा.डा. झाले भने, ‘ ब्रेन ट्युमर सबैभन्दा बढी ४० देखि ५० वर्ष उमेर समूहमा रहेको पाइएको छ । जसमा पुरुष र महिलाको अनुपात समान देखिएको छ । मस्तिष्क ट्युमरका प्रमुख लक्षणहरूमा ५८ प्रतिशत बिरामीमा टाउको दुख्ने, ३६ प्रतिशतमा बान्ता हुने, साथै बेहोस हुने, पक्षाघात र टाउको घुम्ने जस्ता समस्या देखिएका छन् ।’

बागमती र मधेश प्रदेशमा सबैभन्दा धेरै बिरामी पहिचान भएका छन् । ट्युमरको प्रकारमा सबै भन्दा धेरै ग्लायोमा ३९ प्रतिशत देखिएको छ । जसमा ५६ प्रतिशत उच्च–ग्रेड ग्लायोमा देखिएको छ । यस अवस्थामा शल्यक्रिया, विकिरण, किमोथेरापी जस्ता बहुआयामिक उपचार आवश्यक पर्छ । यो अवस्थामा उपचारका परिणाम कमजोर हुने अध्ययनले देखाएको छ ।

अध्ययनका क्रममा मेनिन्जियोमा २१ प्रतिशत र पिट्युटरी ट्युमर ८ प्रतिशत देखिएको छ । विशेषज्ञ न्यूरोसर्जनहरूको संख्या, न्यूरो केन्द्रहरूको विस्तार र प्रविधिको विकासले उपचार परिणाम सुधारोन्मुख रहेको डा. झाले बताए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ४२ बजे

लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ

ठाकुर गैरेको तर्क- संसद् बहिष्कारले निकास दिँदैन, संवादमा बसौँ

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा

माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनमा असफलता

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म– बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली