देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ | Khabarhub Khabarhub

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरे । 

स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत र प्रयासबाट नेपाली कांग्रेस अहिलेको सुदृढ अवस्थासम्म आइपुगेको उपसभापति गुरुङले धारणा राखे ।

उनले त्याग, तपस्या र बलिदान गरी मुलुक परिवर्तनमा सक्रिय व्यक्तिलाई राज्य, समाज र पार्टीले न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले हेमराज अधिकारी राजनीतिक प्रेरणाको स्रोत भएको बताउँदै उनको पृष्ठभूमिले आफूलाई राजनीतिमा सक्रिय हुने उत्साह भरेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले स्वर्गीय अधिकारीले कठिन राजनीतिक यात्रा तय गर्दै जनताको अधिकार र विकासलाई केन्द्रबिन्दु बनाएर लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेको स्मरण गरिन् । 

कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले बिपी कोइराला, किसुनजी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको सामिप्यतामा रहेर स्वर्गीय अधिकारीले पार्टीको सङ्गठन र सामाजिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको बताए ।

कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा राई, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरीलगायतले प्रजातन्त्र सेनानीका रूपमा अधिकारीले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीको सम्मानका लागि पार्टीले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । डा हेमाङ अधिकारीले स्वर्गीय अधिकारीले प्रजातान्त्रिक योद्धाका रूपमा सामाजिक जागरणमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

नेपाली कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उनी कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य थिए । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतीत गरेका थिए । उनी कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत थिए ।

विसं १९८८ मा भोजपुरको दिङ्लामा जन्मिएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखन कार्यमा सक्रिय थिए । उनको ‘आजको नेपाल’ पुस्तक प्रकाशित भएको छ । रासस
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ५७ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले