तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार  « Khabarhub

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो ।

फर्मका प्रमुख सुरुचि त्रिपाठीका अनुसार अहिले तीन लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन् । यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन् ।

गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो । किम्बुको बिरुवा सार्नका लागि अबको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनको भनाइ छ । फर्मले बिरुवाको प्रतिगोटा ५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको छ । उनका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् ।

फर्मले अहिले नमूना बगैँचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षण अन्तरगत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ ।

यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौं, नवलपरासी, बागलुङ, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ । (रासस) 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १० : ०९ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा