बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका-३ दमौली घर भएका ५१ वर्षीय सूर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सूर्य नारायणलाई ललितपुर महानगरपालिका-२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका-२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये सूर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १ : ४३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र