चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव « Khabarhub

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती सामना गरिरहेको छ । जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा चीनको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्ने चिन्ता छ । एउटा नयाँ अनुसन्धानले यस संकटसँग जुध्न रोचक सुझाव दिएको छ ।

नयाँ अनुसन्धानले बालबालिकाको हेरचाहका लागि पुरुषलाई पनि आर्थिक सहयोग वा अनुदान दिइयो भने महिलामा परिवार पाल्ने चाहना बढ्न सक्छ भन्ने उपाय सुझाएको छ । यो उपाय लागू गरे चीनको घट्दो जन्मदरलाई रोक्न सकिने अनुसन्धानको निष्कर्ष छ ।

फुदान युनिभर्सिटी र हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा महिलालाई मात्रै अनुदान दिँदा परम्परागत सोचलाई बलियो बनाउने बताइएको छ । पुरुषहरूलाई पनि सन्तान हुर्काउन सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गरियो भने समाजमा सन्तुलन सिर्जना हुने र लामो समयसम्म धेरै सन्तान जन्माउने इच्छा बढ्ने दाबी गरिएको छ ।

चीनमा सन् २०२४ मा लगातार तेस्रो वर्ष कुल जनसङ्ख्या घटेर १ अर्ब ४० करोड पुगेको छ । सोही अवधिमा चीनको प्रजनन दर प्रति महिला १.१ बच्चामा सीमित भएको छ । यो जनसङ्ख्या स्थिर राख्न आवश्यक २.१ को स्तर भन्दा धेरै तल हो ।

२३ देशको तथ्याङ्कलाई विश्लेषण गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा अहिले पनि चीन र धेरै पूर्वी एसियाली देशहरूमा बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्रै रहेको पत्ता लागेको छ । अहिले महिलाहरु पनि श्रम बजारमा आउन थालेकाले यो असन्तुलन गहिरो बन्दै गएको छ पाइएको छ । यो अझ बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ३ : ३६ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र