नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस | Khabarhub Khabarhub

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

उनीविरुद्ध रूपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित भुसाल हस्पिटालिटीअन्तर्गतको र्‍याडिसन प्रोजेक्टको बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिनेभन्दै १९ लाख रुपैयाँ घुस लिएको उजुरी परेको थियो । त्यसपछि अख्तियारले अनुसन्धान पूरा गरेर मुद्दा दायर गरेको हो ।

घुसबापतको १९ लाख रुपैयाँ भारतीय नागरिक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत् अधिकारीले लिएको देखिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ।

अधिकारीले भुसाल हस्पिटालिटीलाई बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाह गराइदिएवापत १९ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उनीसँगै अख्तियारले भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल र अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ५५ बजे

भेनेजुएलाका मदुरो अमेरिकी आक्रमणको खतरामा आपतकाल घोषणा गर्न तयार

एजेन्सी – भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार अमेरिकी ‘आक्रमण’ को

रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवा– गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी

बैतडीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

बैतडी– बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैं सुरक्षाका लागि प्रहरीको २४ सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा

दसैँमा सुनसान काठमाडौंका सडक (तस्बिरहरू) 

काठमाडौं– नेपालीको महान पर्व विजया दशमी (बडादसैँ) मा काठमाडौं उपत्यका