चाडपर्वमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिकको विशेष अभियान | Khabarhub Khabarhub

चाडपर्वमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिकको विशेष अभियान


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले विशेष ट्राफिक व्यवस्था मिलाएको बताएको छ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले देशैँभरी विशेष ट्राफिक व्यवस्थापा मिलाइएको बताएका हुन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले यात्रुहरुलाई सहज हुने गरी विशेष व्यवस्थाको व्यवस्थापन गरिएको बताए ।

‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको ट्राफिक व्यवस्थापन गरेका छौं’ उनले भने, ‘सवारी आवागमन धेरै छ, सपिङ गर्नेहरुको भीड पनि उत्तिकै छ ।’

उनले यात्रुहरुको सहजताको लागि सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको सुनाए । जसअन्तर्गत नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन् । उनले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने जानकारी दिए ।

सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको सुनाउँदै ढकालले यसतर्फ पनि आफूहरुले विशेष ध्यान दिएको बताए ।

‘चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको देखिन्छ’ उनले भने,‘मादकपदार्थ सेवन गर्ने, एउटै चालकले लामो दुरीसम्म गाडी चलाउने, यसलाई मध्यनजर गर्दै हामीले लामो दूरीको गाडीमा अनिवार्य रुपमा दुईजना चालक राख्नु पर्ने व्यवस्थामा कडाई गरेका छौं ।’

यसको लागि काठमाडौंबाट छुट्ने गाडी चालकको थानकोटमा फोटो लिने र सोही फोटो अरु ठाउँमा पुर्‍याउने उनले बताए । चाडपर्वको मुखमा दुर्घटना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घटना नहोस् भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाईएको उनको भनाई छ ।

उनले अहिले ट्राफिक प्रहरीको जनशक्ति १३ सय ६८ जना रहेको जानकारी दिए । यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिइरहेका छन् । ‘६ हजार ७ सय सवारी एक जना ट्राफिक प्रहरीले हेर्नुपरेको छ’ ढकालले थपें ‘त्यस्तै, ‘हिट एण्ड रन’ का घट्ना पनि बढेकोले आफूहरुले त्यसका लागि पनि धेरै जनशक्ति थपेका छौँ ।’

ढकालले बसपार्कमा यात्रुहरुलाई सास्ती नहोस् र कोहीपनि यात्रु नठगिउन भनेर बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि बताए ।

त्यस्तै, सुरक्षालाई ध्यानमा राख्दै सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको उनको भनाई छ । जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडियो–जिंगल बजाउनका लागि एक हजार गाडीलाई वितरण गरिएको पनि उनले जानकारी दिए ।

उनले काठमाडौंको ट्राफिक व्यवस्था राम्रो रहेको दावी गरे । सवारी नियम उल्लंघन गर्नेहरुको संख्या दैनिक १६/१७ सयको हाराहारीमा रहेको उनले बताए । यस्तै, मापसे कारवाहीमा दैनिक १५० जना पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

ढकालले चाडपर्वलाई लक्षित गरी पाँचसय जना ट्राफिक स्वयमसेवीहरु आइतबारबाट परिचालित भएको पनि जानकारी दिए । उनले विगतभन्दा यसपटक राम्रो व्यवस्थापन भएको अनुभुति जनताले पाईरहेको दाबी गरे । ढकालले केही समस्या परे सिधैँ ट्राफिक प्रहरीलाई सम्पर्क गर्नपनि सुझाए । त्यसको लागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : २७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका