विद्या भण्डारीले भनिन्- राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा यसैबाट आउँछु | Khabarhub Khabarhub

विद्या भण्डारीले भनिन्- राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा यसैबाट आउँछु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् ।  

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । 

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् ।

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन् । एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडीदेखि नै पार्टीमा काम गरेको र सवैसँग चिनजान रहेकाले आफूलाई कार्यक्रममा बोलाउनु स्वाभाविक रहेको उनले बताइन् । 

भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटी र त्यसका नेताहरूसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन्।

त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन् । अहिले पार्टी र पार्टीको बिचमा देखिएको विश्वासको सङ्कट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : ३० बजे

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ

हुम्लाको लाप्चामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

सिमकोट–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा

नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप सङ्कलन गर्ने

दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

बाजुरा– शनिबार बस दुर्घटनामा परी घाइते भएका बस सहचालकको मृत्यु भएको