विद्या भण्डारीले भनिन्- राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा यसैबाट आउँछु « Khabarhub

विद्या भण्डारीले भनिन्- राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा यसैबाट आउँछु


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् ।  

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । 

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् ।

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन् । एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडीदेखि नै पार्टीमा काम गरेको र सवैसँग चिनजान रहेकाले आफूलाई कार्यक्रममा बोलाउनु स्वाभाविक रहेको उनले बताइन् । 

भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटी र त्यसका नेताहरूसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन्।

त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन् । अहिले पार्टी र पार्टीको बिचमा देखिएको विश्वासको सङ्कट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ३ : ३० बजे

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख