किष्ट अस्पतालले पायो अन्तर्राष्ट्रिय मान्यता « Khabarhub

किष्ट अस्पतालले पायो अन्तर्राष्ट्रिय मान्यता


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

ललितपुर – किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पतालको मान्यता पाएको छ ।

अन्तर्राष्ट्रियरुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच) ले लामो समयको अनुगमन र परीक्षण पश्चात तोकिएका ६ सय भन्दा बढी मापदण्डहरू पूरा गरेपछि सन २०२५ अप्रिल २४ मा अस्पताललाई यो मान्यता प्रदान गरेको अस्पतालका प्रबन्ध निर्देशक अविषेक थापाले बताए ।

उक्त मान्यता पाएसँगै अब अस्पतालले गुणस्तरमा संस्थाले तोकेको अन्तराष्ट्रिय गुणस्तर कायम गर्नुपर्नेछ ।

एनएबीएचले भारत तथा भारतबाहिरका स्वास्थ्य सेवा प्रदायकहरुको गुणस्तर मापन गर्ने गर्दछ । न्याबले अस्पताल एक्रेडिटेशन कार्यक्रम सन् २००५ मा सुरु गरेको थियो । सार्वजनिक तथा निजी अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्ने र बिरामीको सुरक्षामा ध्यान दिने उदेश्यले न्याबले यो कार्यक्रम सुरु गरेको थियो ।

न्याबको यो कार्यक्रम भारत र भारत बाहिरका देशमा समेत फैलिएको छ । न्याब इन्टरन्याशनल सोसाइटी फर क्वालिटी एसुरेन्स इन हेल्थ केयरबाट प्रमाणित भएको छ।

न्याबको गुणस्तर मापदण्ड प्राप्त गर्नका लागि अस्पतालले बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा केन्द्रित भएर अस्पतालको सेवा सुधार गर्ने आधारहरु प्रस्तुत गर्नुपर्छ। त्यस्तै, अस्पतालको पूर्वाधार, उपकरण लगायतका मापदण्ड पालना गर्नुपर्छ।

न्याबको गुणस्तर प्राप्त गर्न अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा प्रमाणित ६०० भन्दा बढी मापदण्डहरूमा परीक्षण गराउनुपर्छ । सेवा सुरक्षा देखि संक्रमण नियन्त्रण, बिरामीको अधिकार, कर्मचारीको तालिम, दस्तावेज व्यवस्थापन, आकस्मिक सेवा तयारी जस्ता धेरै क्षेत्रहरूमा अस्पतालले मापदण्ड पुरा गर्नुपर्छ । यी मापदण्ड पुरा नगर्ने अस्पताललाई न्याबले गुणस्तर मान्यता प्रमाणपत्र दिँदैन ।

किष्ट अस्पतालले दुई वर्षभन्दा बढी समय लगाएर सम्पूर्ण आन्तरिक प्रक्रिया पूरा गरी यो मान्यता प्राप्त गरेको थापा बताउँछन् ।
बि.स. २०६२ सालमा स्थापित ग्वार्को, ललितपुरस्थित किस्टले सामान्य स्वास्थ्य सेवादेखि विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो समय मिर्गौला तथा कलेजो प्रत्यारोपण, मुटु रोग तथा क्यान्सर रोग सम्बन्धी सेवामा यस अस्पतालले सेवा दिइरहेको छ।

किष्टले हालै नेपालमै पहिलोपटक एकै व्यक्तिमा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण समेत गरिसकेको छ ।

न्याबको गुणस्तर मान्यता पाएसँगै बिरामीको सेवाका लागि अस्पताल थप उत्साही भएको तथा सेवाको गुणस्तरमा सेवाग्राहीले थप विश्वास गर्ने वातावरण बनेको अस्पतालका प्रबन्ध निर्देशक थापाले बताए।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ४८ बजे

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)