भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनलमा « Khabarhub

भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनलमा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा सोमबार सम्पन्न खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनल पुगेको हो ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए । समूह ‘बी’मा रहेको बङ्गलादेशले दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनल पुगेको हो ।

बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराएको थियो । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ । बराबरीसँगै भारतले एक अङ्क जोडेको छ । भारतले बुधबार श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार समूह ‘ए’ मा रहेका भूटान र माल्दिभ्सबीच खेल हुनेछ । उक्त खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । भूटानले माल्दिभ्सलाई चार गोलभन्दा बढी अन्तरले पराजित गरेमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै