भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनलमा « Khabarhub

भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनलमा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा सोमबार सम्पन्न खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनल पुगेको हो ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए । समूह ‘बी’मा रहेको बङ्गलादेशले दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनल पुगेको हो ।

बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराएको थियो । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ । बराबरीसँगै भारतले एक अङ्क जोडेको छ । भारतले बुधबार श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार समूह ‘ए’ मा रहेका भूटान र माल्दिभ्सबीच खेल हुनेछ । उक्त खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । भूटानले माल्दिभ्सलाई चार गोलभन्दा बढी अन्तरले पराजित गरेमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ०२ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ