पाकिस्तानमा हिंसात्मक घटना बढ्दै « Khabarhub

पाकिस्तानमा हिंसात्मक घटना बढ्दै


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । पाकिस्तानको दक्षिण वजिरिस्तान क्षेत्रमा अज्ञात हतियारधारीले दुई वटा सवारी साधनमा आगो लगाएका छन् ।

दक्षिणी वजिरिस्तानको वीरमाल क्षेत्रमा पर्ने वाना–आजम वारसाक सडकखण्डमा ती हतियारधारीले सवारी साधनमा आगजनी गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । त्यसबाहेक उनीहरुले अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

घटनापछि स्थानीय आतंकित भएका छन् । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटना गर्नुको उद्देश्य अझै स्पष्ट भइनसकेको समाचारमा उल्लेख गरिएको छ । घटनाको जिम्मेवारी पनि हालसम्म कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ४५ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित