पाकिस्तानमा हिंसात्मक घटना बढ्दै « Khabarhub

पाकिस्तानमा हिंसात्मक घटना बढ्दै


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । पाकिस्तानको दक्षिण वजिरिस्तान क्षेत्रमा अज्ञात हतियारधारीले दुई वटा सवारी साधनमा आगो लगाएका छन् ।

दक्षिणी वजिरिस्तानको वीरमाल क्षेत्रमा पर्ने वाना–आजम वारसाक सडकखण्डमा ती हतियारधारीले सवारी साधनमा आगजनी गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । त्यसबाहेक उनीहरुले अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

घटनापछि स्थानीय आतंकित भएका छन् । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटना गर्नुको उद्देश्य अझै स्पष्ट भइनसकेको समाचारमा उल्लेख गरिएको छ । घटनाको जिम्मेवारी पनि हालसम्म कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ४५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र