लेखराज भट्ट भन्छन् : पार्टीभित्र आन्तरिक एकता हुन जरुरी छ « Khabarhub

लेखराज भट्ट भन्छन् : पार्टीभित्र आन्तरिक एकता हुन जरुरी छ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेपाल कम्युनिष्ट एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र आन्तरिक एकता हुन जरूरी रहेको बताएका छन् ।

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए आगामी निर्वाचनमा उपलब्धि हासिल गर्न कठिन हुने बताए ।

पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उनले त्यस्तो अवस्थामा जनवर्गीय सङ्गठन सक्रिय भएर अग्रपङ्क्तिमा उभिनुपर्ने बताए ।

उनले भने, “पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपङ्क्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ ।” उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठूलो सम्भावना रहेको बताए । उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने बताउँदै विशेषगरी क्रिकेट खेलमा यहाँ ठूलो सम्भावना रहेकोले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ८ : २९ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा