चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए… « Khabarhub

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा नदी उत्तरमा पर्ने सबै भूभाग चीनको हुनुपर्ने बताएपछि नयाँ विवाद शुरु भएको छ । दोहा फोरममा चिनियाँ राजनीतिक विश्लेषक (भिक्टर) गाओ झिकाइले यस्तो बताएका हुन् ।

भारत र चीनबीच सीमा विवाद छ । भारतमा बेलायती शासन भएका बेला दुई मुलुकबीच कोरिएका म्याकमोहन रेखालाई चीनले आफ्नो दक्षिणी सीमा मान्न अस्वीकार गर्दै आएको छ ।

दोहा फोरममा भिक्टर गाओले भने, ‘यदी उपनिवेशकारीले कोरेको रेखा मान्ने भए ऐतिहासिक सन्दर्भ हेर्दा गङ्गभन्दा उत्तरमा पर्ने क्षेत्रलाई चीनमा मिलाउँदा झन् जायज हुँदैन ?’ उनले यस्तो प्रश्न गरेपछि फोरम आयोजना भइरहेको सभाहल एकाएक शान्त भएको थियो ।

सन् १९१४ मा बेलायती साम्राज्यको निर्देशनअनुसार चीन र भारत छुट्याउने म्याकमोहन रेखा कोरिएको गाओको दाबी छ । चीनले यस रेखालाई मान्यता दिन अस्वीकार गर्दै आएको छ ।

त्यसबेला चीनमा भइरहेको सामाजिक र राजनीतिक उथलपुथललाई ध्यानमा राखेर बेलायतले तिब्बतको स्थानीय सरकारसँग उक्त सीमा सम्बन्धी सहमती गरेको चिनियाँ पक्षको मत रहँदै आएको छ । सन् १९१४ मा भारतको तत्कालीन बेलायती उपनिवेशिक शासक र तिब्बतबीच शिमलामा भएको सम्झौताले म्याकमोहन रेखा निर्धारण गरेको हो ।

भारतले भने म्याकमोहन रेखालाई नै भारत र चीनबीचको औपचारिक सीमा मानिनुपर्ने मत राख्दै आएको छ । म्याकमोहन रेखाको स्वीकार्यताका विषयलाई लिएर दुई मुलुकबीच लामो समयदेखि विवाद कायम छ । दुई मुलुकबीच सन् १९६२ मा युद्ध नै भएको थियो ।

त्यसबाहेक हालैका वर्षहरुमा दुई मुलुकबीच सीमा क्षेत्रका ठाउँठाउँमा झडप पनि भएका छन् । चीनले सीमा क्षेत्रमा पूर्वाधार निर्माणलाई तीव्र पारेर आफ्नो सुरक्षामा गम्भीर जोखिम निम्त्याएको भारतीय पक्षको आरोप छ ।

सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेसनका उपाध्यक्ष समेत रहेका भिक्टर गाओले इतिहासको कुन कालखण्डमा गङ्गाभन्दा उत्तरी भूभागमा चिनियाँ शासन थियो भन्ने खुलाएनन् ।

विवादास्पद छविका उनी राष्ट्रवादी र चिनियाँ कम्युनिष्ट पार्टीको कट्टर समर्थक रहेको भन्ने आरोप पनि लाग्दै आएको छ ।

भिक्टर गाओले विभिन्न अन्तर्राष्ट्रिय मिडियामा अन्तरवार्ता दिएर चिनियाँ संस्थापनको धारणा राख्दै आएका छन् ।

धेरैले उनलाई अन्तर्राष्ट्रिय मिडियामा चिनियाँ प्रोपागान्डा फैलाउने व्यक्तिको रुपमा हेर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : ४१ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न

कास्कीमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी– कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल

राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने