कमल थापा भन्छन्- राजावादी आन्दोलन तुहिएको छैन, नयाँ ढंगले अघि बढ्छ | Khabarhub Khabarhub

कमल थापा भन्छन्- राजावादी आन्दोलन तुहिएको छैन, नयाँ ढंगले अघि बढ्छ


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै भइरहेको आन्दोलन नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।

राप्रपा नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले आफुहरूको आन्दोलनमा केही कमीकमजोरी भएको भन्दै त्यसलाई सच्चाएर नयाँ ढंगले अघि बढाउने बताएका हुन् ।

आफूहरूको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रहसमेत गरेका छन् । आफूहरूको मुद्दालाई निर्णायक तहमा लैजान संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रुपमा आउने उनले दाबी गरे ।

संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरू अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले अहिले पनि एकजुट रहेको जिकिर गरे।उहाले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरंकुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : ३६ बजे

विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत– विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले राखेको आणविक

कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई

भिरमहको उत्पादन घट्यो

म्याग्दी- म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको