दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन : अहमदावाद प्रहरी « Khabarhub

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन : अहमदावाद प्रहरी


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको अहमदावादमा दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित नरहेको प्रहरीले जनाएको छ । अहमदावादका प्रहरी आयुक्तलाई उद्धृत गर्दै समाचार संस्था एपीले दुर्घटनाग्रस्त विमानमा सवार २ सय ४२ जनामध्ये सबैको ज्यान गएको जनाएको छ ।

‘विमान दुर्घटनामा कोही पनि जीवित नरहेको देखिन्छ ।’ आयुक्त जीएस मलिकले एपीलाई भनेका छन् । कार्यालयहरु समेत रहेको आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले केही स्थानीहरुले पनि ज्यान गुमाएको हुनसक्ने उनले बताए ।

दुर्घटनामा मारिएकाहरुको सङ्ख्या यकिन गर्ने प्रयास भइरहेको उनको भनाइ छ । बिहीबार दिउँसो लण्डनको ग्याट्विक विमानस्थलका लागि उडान भरेको एअर इण्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

टेक अफ गरेको केही मिनेटभित्रै बोइङ ७८७ ड्रिमलाइनर विमान नजिकै रहेको चिकित्सकहरुको आवास क्षेत्रमा बज्रिन पुगेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ११ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना