अख्तियारको हिरासतबाट छुटेका मालपोत कर्मचारी रामहरिले ज्यान गुमाए | Khabarhub Khabarhub

अख्तियारको हिरासतबाट छुटेका मालपोत कर्मचारी रामहरिले ज्यान गुमाए


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् ।

उनले सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

अख्तियारको हिसारतमा २२ दिन बसेका उनी १० दिन अघि मात्र हिरासतमुक्त भएका छन् ।

डिप्रेसनको औषधि पनि सेवन गरिरहेका उनले सोमबार बेलुका ज्यान गुमाएका हुन् ।

खरिदार पदमा कार्यरत सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार घुस लिएको निष्कर्ष अख्तियारले निकालेको थियो ।

उनी विरुद्ध काठमाडौंको विशेष अदालतमा दायर भएको मुद्दामा पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक हजार बिगो माग दाबी गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ५५ बजे

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

काभ्रे– काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित

काठमाडौं महानगरबाट सीप मेलाका लागि आवेदन माग

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सीप मेला २०८२ का लागि आवेदन

धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सही

तनहुँ म्याग्देका तीन गाउँमा खानेपानी सुविधा

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका– ५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी

विपीन जोशीको रिहाइका लागि कतारका विशेष दूतसँग आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु