भारत र इजरायलले व्यापार विविधीकरण गर्ने « Khabarhub

भारत र इजरायलले व्यापार विविधीकरण गर्ने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र इजरायल व्यापार विविधीकरण गर्न सहमत भएका छन् । भारतका उद्योग वाणिज्यमन्त्री पियूष गोयल र इजरायलका अर्थ तथा उद्योगमन्त्री निर बारकातबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई मुलुकका मन्त्रीबीच फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई जनाबीच व्यापार विविधीकरणका साथै नवप्रवर्तन, अत्याधुनिक प्रविधि र उदीयमान क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ ।

फ्रान्समा रहँदा मन्त्री गोयलले त्यहाँका लगानीकर्तालाई भारतमा लगानी गर्न पनि आग्रह गरेका थिए । उनले दुई मुलुकबीच बलियो व्यापारिक सम्बन्ध रहेको भन्दै आपसी हितलाई मध्यनजर गर्दै भारतमा लगानी गर्न फ्रान्सेली कम्पनीलाई आह्वान गरेका थिए ।

फ्रान्समा रहँदा मन्त्री गोयलले विश्व व्यापार संगठन डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इवेआलासँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा मन्त्री गोयलले भारत सदैव निष्पक्ष, स्वतन्त्र, समावेशी र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको पक्षमा रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ४७ बजे

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना