ब्रम्हपुत्र नदीको उत्तरी किनारमा भेटियो हाइड्रोकार्बनको नमूना « Khabarhub

ब्रम्हपुत्र नदीको उत्तरी किनारमा भेटियो हाइड्रोकार्बनको नमूना


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रम्हपुत्र नदीको उत्तरी किनारमा हाइड्रोकार्बनको नमूना फेला परेको छ । आयल इण्डियाका अध्यक्ष तथा कार्यकारी निर्देशक रञ्जित रथले ब्रम्हपुत्र नदीको उत्तरी किनारामा हाइड्रोकार्बन पहिचान गरिएको जानकारी दिएका हुन् ।

गुवाहाटीमा पत्रकारसँग कुरा गर्दै उनले आयल इण्डियाले निकै सूक्ष्म र रणनीतिक रुपमा गरेको खोजीपछि हाइड्रोकार्बन पत्ता लागेको बताए । उनले कबोचपुरी नामक गरेको ठाउँमा उक्त पदार्थ फेला पारिएको पनि जानकारी दिए ।

व्यवसायिक उत्खननको सम्भाव्यताबारे भने अझै अध्ययन आवश्यक रहेको उनको भनाइ छ । कति परिमाणमा हाइड्रोकार्बन फेला परेको हो भन्ने पनि अझै स्पष्ट नभएको उनले उल्लेख गरे ।

भारतीय आर्थिक अनलाइ इकोनोमिक टाइम्सका अनुसार उनले थप अध्ययनका लागि नयाँ कुवा खन्ने तयारी भइरहेको पनि बताए । उनले पूर्वोत्तर भारतका विभिन्न स्थानमा रहेका खनिज पदार्थबारे अध्ययन पनि भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : ०४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित