मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलमा रहेको नेपाली दूतावासले के भन्यो ? « Khabarhub

मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलमा रहेको नेपाली दूतावासले के भन्यो ?


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यपूर्वमा तनाव बढ्दै जाँदा इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलनजिकै रहन आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै दूतावासले इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएको र सोहीअनुसार नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन र उक्त प्रोटोकलहरू पालना गर्न पनि आग्रह गरेको छ ।

राजदूतावासले भनेको छ– ‘यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई ईजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ०२ बजे

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज

उद्धार तथा राहतमा १५ वटा हेलिकप्टर खटेका छन् : सरकार

काठमाडौं– सरकारले उद्धार तथा राहतमा १५ वटा हेलिकप्टर खटाएको जानकारी

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका