भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच जेठ २० गतेबाट दिनानुदिन अवरुद्ध हुँदै आएको बैठक सुचारू गर्न दुई बुँदे सहमति भएको हो ।

उक्त सहमति पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति

१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : २४ बजे

हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज– नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन

७ दशक अघिको त्यो दशैं (भिडियो)

महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

जलेश्वर– बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष

मुस्ताङ भन्सारबाट दुई अर्ब दुई करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा