भेनेजुएलाबारे अमेरिकाले ठोस कदम चाल्दै | Khabarhub Khabarhub

भेनेजुएलाबारे अमेरिकाले ठोस कदम चाल्दै


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेनुएलामा जारी संकटका विषयमा अमेरिकाले ठोस कदमको घोषणा गर्ने भएको छ । कोलम्बियाको राजधानी बोगोटामा लिमा समूह भनिने हुआँ गुआइदोलाई भेनेजुएलाका राष्ट्रपतिको औपचारिक मान्यता दिने ल्याटिन अमेरिकी मुलुकहरुको सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपछि माइक पेन्सले भेनेजुएलाका विषयमा ठोस कदमको घोषणा गर्नेछन् ।

पेन्सले भेनेजुएलाका विषयमा घोषणा गर्ने भनिएको ठोस कदम कस्तो प्रकारको हुन्छ भन्नेबारे स्पष्ट भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि विपक्षी नेता हुआँ गुआइदोले अमेरिकासमक्ष आग्रह गरे अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गर्ने विकल्प पनि खुला रहेको बताइएको छ ।

अमेरिकाले मानवीय सहायताको नाममा कोलम्बियाको सीमाबाट लगिएको सामग्री भेनेजुएला भित्र्याउने प्रयास असफल भएपछि सोमबार लिमा समूहको सम्मेलन डाकिएको हो ।

गत जनवरी २३ मा विशाल जनप्रदर्शनका माझ आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता गुआइदोलाई अमेरिकासहित अधिकांश ल्याटिन अमेरिकी मुलुकले राष्ट्रपतिको मानयता दिइसकेका छन् । यता रुस चीनसहितका अन्य मुलुकले भने राष्ट्रपति निकोलस मादुरोलाई नै राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : १२ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार