कोशी प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत « Khabarhub

कोशी प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको आन्तरिक राजस्व उत्साहजनक नरहेको बताए ।

उनले गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँच लाख रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए । यसै गरी, सङ्घ अनुदानको जम्मा नौ अर्ब एक करोड रुपैयाँ वार्षिक लक्ष्यमा ६२ प्रतिशत निकासा प्राप्त भएको जानकारी दिँदै मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आम्दानी एक हजार ४०१ अमेरिकी डलर रहेको बताए ।

उनले प्रदेशको आर्थिक क्रियाकलापमा कृषिको ३४ दशमलव चार प्रतिशत र औद्योगिक क्षेत्रको १६ दशमलव शून्य तीन प्रतिशत योगदान रहेको उल्लेख गरे । 

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, रमेशकुमार बस्नेत, राधाकृष्ण खनाल र शोभा चेम्जोङले असारे विकास प्रवृत्तिले भ्रष्टाचार मौलाउने र गुणस्तर कम हुने, जेठ १७ गते परेको अविरल वर्षाले सुनसरीको धरान आसपासका क्षेत्रमा नदी कटान र खानेपानीको मुहान बगाएको, किसानले चैते धानको उचित मूल्य नपाएको तथा बालबालिकाहरू पछिल्लो समयमा खोला र पोखरीमा डुबेर अकालमा ज्यान गुमाउनु परेका आवश्यक योजना बनाउनुपर्ने जस्ता विषयमा धारणा राखेका थिए  । 

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ३ बजे बस्ने छ । उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिए ।
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै