संसद्को गतिरोध यथावत, माओवादीलाई बोल्न दिँदा रास्वपा र राप्रपाले जनाए विरोध « Khabarhub

संसद्को गतिरोध यथावत, माओवादीलाई बोल्न दिँदा रास्वपा र राप्रपाले जनाए विरोध


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको मतभिन्नतबारे सहमति जुटाउन दलहरू आन्तरिक र बाह्य छलफलमा जुटेका कारण शुक्रबार पनि ढिलो गरी बैठक सुरू भएको हो ।

दिउँसो सवा ३ बजेका लागि सारिएको बैठक अपरान्ह पौने ५ बजेपछि सुरू भएको छ । यसअघि बिहीबार संसद् स्थगित गर्दा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

संसद् सुरू भए पनि प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण अगाडि बढ्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरे पनि उनीहरू पूर्ववत् अडानमा यथावत छन् ।

बैठक सुरू भएलगत्तै सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख हितराज पाण्डेलाई बोल्ने समय दिएका छन् । तर, विपक्षी दलहरू आशनबाट उठेर विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ५५ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा