रास्वपाले भन्यो- माओवादीसँग अहिलेलाई डिभोर्स भयो, दुई बुँदेमा हाम्रो सहमति छैन « Khabarhub

रास्वपाले भन्यो- माओवादीसँग अहिलेलाई डिभोर्स भयो, दुई बुँदेमा हाम्रो सहमति छैन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिलेलाई नेकपा माओवादी केन्द्रसँग डिभोर्स भएको बताएका छन् ।

भिजिट भिसा प्रकरणमा सदनको अवरोध खोल्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएपछि झाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सत्तापक्ष र प्रमुख प्रतिपक्ष माओवादीबीच भएको २ बुँदे सहमतिले अहिलेको समस्याको समाधान नगर्ने दाबी गरे ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूलाई दुई बुँदे सहमतिमा आउन भने पनि आफूहरूले अस्वीकार गरेको जानकारी दिए ।

संसद् भवनमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा झाले यस्तो बताएका हुन् ।

‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो । तर, उहाँहरूको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौँ’, उनले भने, ’उहाँहरूले छानबिन समिति बनाउने भन्नुभएको छ । त्यो समिति गृह मन्त्रालयकै कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ । त्यसले समस्याको कुनै समाधान गर्दैन ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ४३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण