संसद्को रोचक दृश्य : मौनधारण गराएर सभामुखले चुप बनाए नारा लगाइरहेका रास्वपा सांसद « Khabarhub

संसद्को रोचक दृश्य : मौनधारण गराएर सभामुखले चुप बनाए नारा लगाइरहेका रास्वपा सांसद


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आन्दोलित विपक्षीमध्ये नेकपा माओवादीले शुक्रबारदेखि संसद् खुलाउने निर्णय गरेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै आन्दोलनबाट हात उठाएपछि अन्य दुई विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जारी राखेका छन् ।

उनीहरूमध्ये रास्वपाले शुक्रबार गृहमन्त्री लेखकले बोलिरहँदा वेल घेराउ गरेर नाराबाजी गर्‍यो भने राप्रपा चाहिँ आशनबाट मात्रै उठिरह्यो ।

जेठ १३ गतेदेखि जारी संसद्को अवरोध माओवादीले हटाएपछि सभामुख देवराज घिमिरेले अन्य विपक्षीलाई भने पेल्ने नीति लिए। त्यहीअनुसार उनले लेखकलाई विरोधबीच बोल्न दिए ।

दुई विपक्षीलाई पेलेर भए पनि सभामुखले लेखकलाई भिजिट भिसाबारेमा जवाफ दिन समय दिए । उनी रोस्ट्रममा उक्लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरूले वेल घेराउसहित नाराबाजी गरे ।

गृहमन्त्रीलाई बोल्न दिएका सभामुखले भ्रष्टाचारको आरोपमा निलम्बित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निलम्बित भएको सूचना र अर्को शोक प्रस्ताव पनि पढे । तर कार्यसूचीका अरू विषय स्थगित गरिदिए ।

शुक्रबार बसेको संसद् बैठकको अन्तिममा एउटा रोचक दृश्य देखियो । रास्वपाका सांसदहरू वेल घैराउसहित नाराबाजी गरिरहेका थिए । त्यही बेला सभामुख घिमिरेले शोक प्रस्ताव पेस गरे । रास्वपाको नाराबाजीबीच शोक प्रस्ताव पनि पारित भएको घोषणा गरे

माओवादीबाट निर्वाचित संविधानसभा सदस्य वीरेन्द्र जुहारचनको निधनको शोकमा सबै सांसदहरूलाई मौन धारणका लागि घिमिरेले अनुरोध गरे । उनको आग्रहपछि कुर्सीमा बसेका सबै सांसद उठे । उता नाराबाजी गरिरहेका रास्वपाका सांसदहरूलाई समस्या पर्‍यो । उनीहरू वेल घेराउ गरिरहेकै बेला तनक्क तन्किँदै टाउको झुकाउन थाले ।

मौनधारणको मौकामा रास्वपाका सांसद चुप लागेको बेला संसद् बैठक असार १ गतेसम्मलाई स्थगित गरेर सभामुख घिमिरे बाटो लागे । गृहमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका रास्वपा सांसदहरूलाई बैठकको अन्तिममा शोक प्रस्ताव राखेर सभामुखले चुप लगाउँदै हिँडे ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४१ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो