यस्ता खानेकुरा खाली पेटमा खानु विष समान हुन्छ « Khabarhub

यस्ता खानेकुरा खाली पेटमा खानु विष समान हुन्छ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहरुको दैनिकी निकै परिवर्तन भएको छ । फुर्सदमा खाने समय समेत हुँदैन मानिसहरुलाई । समय भन्दा पनि कुन समयमा के खाने भन्ने विषय समेत पत्तो पाउँदैनन् मानिसहरु ।

केही खानेकुरा खाली पेटमा खाँदा विष समान हुन्छ । यसले मानव स्वास्थ्यलाई निकै ठूलो हानी पुर्‍याउँछ । के के कुरा खाली पेटमा खानु हुँदैन यस विषयमा आज हामीले यहाँ चर्चा गरेका छौं-

सोडाः सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ। यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ।

गोलभेँडाः गोभेडामा एसिडको मात्रा हुन्छ। खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ।

औषधिः औषधि दिँदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ।

रक्सीः खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस। यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ।

चटपटे भोजनः कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ। तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ।

चिया–कफीः खाली पेटमा चिया–कफी पिउनु पनि सबैभन्दा घातक हुन्छ। कफीमा पाइने कैफिनले स्वास्थ्य असर पु¥याउँछ । चियामा हुने अधिक एसिडले पनि खाली पेटमा समस्या पैदा गरिदिन्छ।

दहीः दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ। खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ।

केराः खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ। जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ। त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ३५ बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा