चिनियाँ समुद्री खानेकुराको उत्पादन गर्न बधुँवा मजदुरको प्रयोग | Khabarhub Khabarhub

चिनियाँ समुद्री खानेकुराको उत्पादन गर्न बधुँवा मजदुरको प्रयोग


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ समुद्री खानेकुराको उत्पादनमा बधुँवा मजदुरको प्रयोग भइरहेको पाइएको छ । चीनमा उत्पादन हुने समुद्र खाना खोज्नका लागि प्रयोग गरिने जहाजमा बधुँवा मजदुरको प्रयोग हुने गरेको देखिएको हो ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकायले यस्ता बधुँवा मजदुर प्रयोग हुने चिनियाँ जहाजमा रहेका खानेकुरालाई नियन्त्रणमा लिने जनाएको छ । चीनले अन्तर्राष्ट्रिय समुद्रमा बधुँवा मजदुरको प्रयोग गर्दै आएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समुद्रमा नियम कानुन कार्यान्वयन गर्न कठिन हुने भएकाले चीनले यस्तो अभ्यास गर्दै आएको बताइएको छ । हालै माछा मार्न धेरै टाढासम्म पुग्ने चिनियाँ जहाज लोङ सिङ ६२९ मा बधुँवा मजदुर प्रयोग हुने गरेकोबारे छानबिन गरिएको थियो ।

छानबिनमा उक्त जहाजमा काम गर्ने मजदुरलाई तलब नदिइने, उनीहरुमाथि दुव्र्यवहार हुने र शारीरिक यातना दिएको पत्ता लागेको थियो । अमेरिकी निकायको यस्तो घोषणासँगै अब बधुँवा मजदुरको प्रयोग हुने जहाजले उत्पादन गर्ने समुद्री खानामा प्रतिबन्ध लाग्ने छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४९ बजे

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

घोडाघोडी–  जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु