चिनियाँ समुद्री खानेकुराको उत्पादन गर्न बधुँवा मजदुरको प्रयोग « Khabarhub

चिनियाँ समुद्री खानेकुराको उत्पादन गर्न बधुँवा मजदुरको प्रयोग


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ समुद्री खानेकुराको उत्पादनमा बधुँवा मजदुरको प्रयोग भइरहेको पाइएको छ । चीनमा उत्पादन हुने समुद्र खाना खोज्नका लागि प्रयोग गरिने जहाजमा बधुँवा मजदुरको प्रयोग हुने गरेको देखिएको हो ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकायले यस्ता बधुँवा मजदुर प्रयोग हुने चिनियाँ जहाजमा रहेका खानेकुरालाई नियन्त्रणमा लिने जनाएको छ । चीनले अन्तर्राष्ट्रिय समुद्रमा बधुँवा मजदुरको प्रयोग गर्दै आएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समुद्रमा नियम कानुन कार्यान्वयन गर्न कठिन हुने भएकाले चीनले यस्तो अभ्यास गर्दै आएको बताइएको छ । हालै माछा मार्न धेरै टाढासम्म पुग्ने चिनियाँ जहाज लोङ सिङ ६२९ मा बधुँवा मजदुर प्रयोग हुने गरेकोबारे छानबिन गरिएको थियो ।

छानबिनमा उक्त जहाजमा काम गर्ने मजदुरलाई तलब नदिइने, उनीहरुमाथि दुव्र्यवहार हुने र शारीरिक यातना दिएको पत्ता लागेको थियो । अमेरिकी निकायको यस्तो घोषणासँगै अब बधुँवा मजदुरको प्रयोग हुने जहाजले उत्पादन गर्ने समुद्री खानामा प्रतिबन्ध लाग्ने छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित