आतंकवादविरुद्ध बेल्जियमको सहकार्यप्रति भारतीय विदेशमन्त्री खुशी | Khabarhub Khabarhub

आतंकवादविरुद्ध बेल्जियमको सहकार्यप्रति भारतीय विदेशमन्त्री खुशी


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशङ्करले आतंकवादविरुद्ध बेल्जियमले गरिरहेको सहकार्यप्रति खुशी प्रकट गरेका छन् । बेल्जियम भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले आतंकवादविरुद्धको सहकार्यमा बेल्जियमको भूमिकाप्रति खुशी प्रकट गरे ।

उनले बेल्जियम र भारतबीच कायम द्विपक्षीय सहकार्य वृद्धि हुँदै गइरहेको पनि उल्लेख गरे । पछिल्लो समय बेल्जियमसहित युरोपेली मुलुकहरु र भारतबीच सफा ऊर्जा, औषधि, प्रविधि, पारवहनजस्ता क्षेत्रमा सहकार्य वृद्धि हुँदै गइरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बेल्जियममा उनले त्यहाँका उपप्रधान एवम् विदेशमन्त्री म्याक्सिम प्रेभोसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच आपसी हितका विषयमा छलफल भएको एएनआईले उल्लेख गरेको छ ।

केही समयअघिमात्रै बेल्जियमकी राजकुमारी एस्ट्रिडले पनि भारतको भ्रमण गरेकी थिइन् । युरोप भ्रमणमा रहँदा विदेशमन्त्री जयशङ्करले युरोपेली युनियनका नेताहरुसँग पनि उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : ०१ बजे

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं — नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको खुद्रा मूल्य

प्रचण्ड किन बने ‘छेपारो’को ‘ट्रोल’ ?

काठमाडौं– अचेल सामाजिक सञ्जालमा नेताहरुलाई उडाउने, बेइज्यत गर्ने र ट्रोल

इजरायल–इरान तनावः इजरायलद्वारा तेस्रो दिन पनि हवाई क्षेत्र बन्द

जेरुसेलम – इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न

बङ्गलादेशमा विद्युत् व्यापारबाट एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत्