रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा  « Khabarhub

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेको पुस्तकमाथि र्‍यान्डम रिडर्स सोसाइटीले परिचर्चाको व्यवस्था मिलाएको हो ।

कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे ।

लेखक भुसालले कर्णालीको मुहान, तिब्बतको विकासका प्राथमिकता, सीमा नाका सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले बताए ।

साहसिक पर्यटनले संस्कृतिको रूप नलिएको नेपाली समाजमा आर्थिक अवस्था पनि अवरोध बनेको शेरचनले बताए । परिवारले पनि प्रोत्साहन नगर्ने सामाजिक, सांस्कृतिक परिप्रेक्ष्यमा छालबाटो र्‍याफ्‌टिङ संस्कृतितिर नियाल्ने सुन्दर आँखीझ्याल बनेको उनको ठम्याइ छ ।

छालबाटोमा वर्णन मात्रै नभएर लेखकका अनुभूतिहरू पनि प्रशस्तै आएको बताउँदै शेरचनले कृतिमा मूल कर्णालीलाई निर्बाध बग्न दिनुपर्छ भन्ने कुरा उल्लेख भएको बताए ।

किताब पढ्दा हाँसो र सहानुभूति एकसाथ उत्पन्न हुने आफ्नो पठन अनुभूति सुनाउँदै शेरचनले हाँसो र सहानुभूतिभाव एकसाथ उत्पन्न गराउन सक्नु लेखकको शक्ति भएको बताए ।

पुस्तकमा आएका तथ्यहरूका कारण छालबाटो यात्रावृत्तान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय र प्राकृतिक विज्ञानको लिखत बनेको शेरचनको धारणा छ ।

साहित्यकार सरुभक्तले छालबाटो यात्रासंस्मरण मात्र नभई अनुसन्धानात्मक कृतिका रूपमा आफूले अध्ययन गरेको बताए । स्थलगत अध्ययन गरेर लेखिएको किताब हुनाले पाठकलाई लेखकले आफूसँगै यात्रा गराउन सफल भएको बताउँदै उनले कुनै विषयमा कृति लेख्दा आवश्यक अध्ययन अनुसन्धान गर्नुपर्ने विचार राखे ।

कर्णाली क्षेत्रको वातावरण, समाज, संस्कृति आदिको जानकारी दिने भएकाले कृति निकै महत्वपूर्ण बनेको उनको भनाइ थियो । 

छालबाटोका लेखक भुसालले नेपालीहरू नदी प्रणालीप्रति आश्रित भएर पनि तिनलाई व्यावहारिक रूपमा माया गर्न नसेकेको कुराले आफूलाई किताब लेख्न प्रेरित गरेको बताए ।

हिमाल र नदीको सम्बन्धलाई विकासका नाममा भएका कामले बाधा उत्पन्न गरेको बताउँदै उनले नदी प्रणालीप्रतिको धारणा किताबमा राखेको सुनाए ।

बाटो बनाउनका लागि पहाडहरू भत्काउने परम्परा सही नभएको बताउँदै उनले पहाडलाई पैसा हुँदा काट्न सकिने तर पैसा हुँदा जोड्न नसकिने बताए ।

मानिसलाई एक पटक प्रकृति, नदी र चराका बारेमा सोच्न बाध्य बनाओस् भन्ने उद्देश्यले किताब लेखेको उनको भनाइ छ ।

वातावरणसम्बन्धी रिपोर्टिङमा क्रियाशील भुसालले बीबीसीलगायत विभिन्न मिडियामा काम गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ४५ बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते