भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु « Khabarhub

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ ।

आर्यन कम्पनीको हेलिकप्टर खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो । मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का अनुसार, हेलिकप्टर आइतबार बिहान ५ः३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो । उडान भरेको केही समयपछि नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ५८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित