‘क्षेत्रीय सुरक्षा’ का लागि बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने | Khabarhub Khabarhub

‘क्षेत्रीय सुरक्षा’ का लागि बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्षेत्रीय सुरक्षाका लागि भन्दै बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने भएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले शाही वायुसेनाका लडाकु विमान मध्यपूर्वतर्फ पठाउन लागेको बताएका हुन् ।

जी ७ को बैठकमा सहभागी हुन क्यानाडा जाने क्रममा प्रधानमन्त्री स्टार्मरले यस्तो घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । पछिल्लो समय इजरायलले इरानी भूमिमा रहेका आणविक तथा सैनिक संरचना र नेतृत्वलाई लक्षित गरी आक्रमण गरेपछि तनाव चुलिएका बेला बेलायतले यस्तो घोषणा गरेको हो ।

इजरायली कारवाहीका क्रममा इरानको आणविक एवम् सैन्य संरचनामा व्यापक क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायली कारवाहीका क्रममा इरानी आणविक तथा सैन्य नेतृत्वमा रहेका वरिष्ठ अधिकारीहरु पनि मारिएका छन् ।

जवाफमा इरानले इजरायलतर्फ क्षेप्यास्त्र र चालहरकित हवाइ उपकरण ड्रोन प्रहार गरेको छ । इजरायली ड्रोन आक्रमणबाट इजरायलको तेल अभिभ शहरसहितका स्थानमा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै केही मानिसहरु पनि मारिएका छन् ।

यस्तो अवस्थामा बेलायतले लडाकु विमानसहितका सैन्य संसाधन मध्यपूर्वमा पठाउन लागेको स्टार्मरले उल्लेख गरेका छन् । इराक र सिरियामा कारवाही सञ्चालन गर्नका लागि बेलायतले यसअघि नै मध्यपूर्वमा लडाकु विमान तैनाथ गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५५ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्