इरान-इजरायल युद्ध : दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड « Khabarhub

इरान-इजरायल युद्ध : दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

तेहरान – शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार यता दुई सय २४ जना इरानीको ज्यान गएको छ। तेहरानमा सबैले सहर छाड्न थालेका छन्। सहर छोड्नेको संख्याले त्यो क्षेत्रमा मानिसको भीड बढेको छ।

यसैगरी, हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायली घाइते भएका छन्।

शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना तथा मानव बस्ती भएको क्षेत्रमा नै प्रहार गरेपछि शनिबार इरानले बालिस्टिक मिसाइलको प्रहार सुरु गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। क्यानडामा जी–७ बैठकमा सहभागी हुन जानुअघि पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

इरानले आक्रमण भइरहेको समयमा वार्ता सम्भव नहुने बताएको छ। इरानले कतार र ओमानका मध्यस्थ कर्तासँग सो कुरा बताएको रोयटर्सले उल्लेख गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको लक्ष्य अन्य नभएर आणविक हतियार बनाउनबाट रोक्नु भएको बताएका छन्। इरानले गरेको आक्रमणबाट १० जना इजरायलीको ज्यान गएको दाबी गरिएको छ। इजरायल र इरान युद्धका कारण सोमबार पनि विश्व बजारमा तेलको मूल्य बढेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ५६ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ