वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ घर भएका २६ वर्षीय दीपेन्द्र गुरुङ र सर्लाही घर भएकी ३४ वर्षीया रुपी माया रहेका छन् । 

दीपेन्द्रले बुसनिया पठाउने भन्दै ६ जना पीडितहरूबाट सात लाख रुपैयाँ र रुपी मायाले पनि मलेसिया पठाउने भन्दै ६ नै जनाबाट पाँच लाख ५७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भनेर पीडितहरूले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ३६ बजे

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त,

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।