बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल « Khabarhub

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल



काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका छन् । तर, झण्डै एक दशक प्रदेश सरकार सञ्चालनको अभ्यास गर्दा पनि ती सरकारहरूको बजेटको आकार बढ्न सकेको छैन । सरकार सञ्चालन गर्न आवश्यक राजस्व परिचालन पनि हुन सकेको छैन ।

०७८ मंसिरमा भएको निर्वाचन पश्चात प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष (आव) ०८२/८३ लागि आइतबार ल्याएको बजेट चौथो हो । तर, सबै प्रदेशले आगामी आवका लागि ल्याएको बजेटको आकार भने चार वर्ष अगाडि आव ०७९/८० मा ल्याएको बजेटको आकार भन्दा पनि सानो छ ।

प्रदेश सरकारले ल्याएको बजेटको आकार सानो मात्रै नभएर सो बजेटमा सबैभन्दा ठूलो हिस्सा संघीय सरकारले छुट्याएको विभिन्न किसिमका अनुदानको छ । प्रदेश सरकारहरूले आन्तरिक राजस्व परिचालनमा आफूलाई बलियो बनाउन नसकेको चार वर्षमा ती सरकारहरूले गरेको राजस्व परिचालनको अनुमानले स्पष्ट देखाउँछ ।

आव ०७९/८० मा कोशी प्रदेश सरकारले ३९ अर्ब बढीको बजेट ल्याएकोमा आगामी आवको बजेट सो बजेटको तुलनामा झण्डै चार अर्बले कम ३५ अर्ब बढीको ल्याएको छ ।

त्यस्तै, अन्य मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आगामी आवको लागि ल्याएको बजेट आकार पनि आव ०७९/८० को तुलनामा कम आकारको छ ।

यो पनि-

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ 

बजेटको आकार बढाएको मधेस प्रदेशको बजेटमा के छ ? (पूर्णपाठसहित) 

संघीय अनुदान घट्दा खुम्चियो गण्डकीको बजेट

लुम्बिनी प्रदेश सरकारद्वारा ३९ अर्बको बजेट प्रस्तुत

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

प्रदेश सरकारहरूको बजेटको आकार बढ्न नसक्नुमा आन्तरिक स्रोत परिचालनको दायरा वृद्धि गर्न नसक्नु वा सम्भावनाको विकास गर्न नसक्नु पनि हो ।

प्रतिशतका हिसाबले पछिल्लो चार वर्षमा प्रदेशहरूले आन्तरिक राजस्व परिचालनको अनुमानलाई वृद्धि गरेको देखिएको भए पनि वास्तविक अंकका हिसाबले भने निकै कमजोर प्रगति भएको तथ्यांकले देखाएको छ ।

आव ०७९/८० को तुलनामा गण्डकी र सुदूरपश्चिम प्रदेशको आन्तरिक राजस्व परिचालनको अनुमान घट्न पुगेको छ । पछिल्लो चार वर्षको अवधिमा मधेश प्रदेशले आन्तरिक राजस्व परिचालन अनुमानको आकारमा दोब्बर बढी वृद्धि गर्न पुगेको देखिएको छ भने अन्य प्रदेशले केही वृद्धि गर्न सफल भएका छन् ।

तर, प्रदेशहरूको अनुमान र वास्तविकता भने सबै आर्थिक वर्षमा मिल्न सकेको देखिँदैन ।

आखिर प्रदेश सरकारको बजेट किन बढ्न सकेन ? राजस्व परिचालनमा पनि किन प्रभावकारिता देखिएन ? यी प्रश्नहरुमाथि गम्भीर विवेचना गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ०७ बजे

रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कमिटीका संस्थापक सदस्य पवन

बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बाँदरको एउटा बच्चाको भिडियोले यतिबेला विश्वभरको

घट्दै काठमाडौंको प्रदूषण, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं– काठमाडौं उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । आज दिउँसो

शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने